काठमाण्डाै – केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४ दशमलव ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ कराेड रुपैयाँ पुगेको छ ।
आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/०११ मा उत्पादनमा २० दशमलव २७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५ दशमलव ४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको हो । यस परि...