काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जनाएको छ। निगमले मंगलबार सूचना जारी गर्दै भारतीय आयल निगमबाट सबैको मूल्य बढेर आएको उल्लेख गरेको हो। फेब्रुअरी १६ को भन्दा आज मार्च १ तारिखमा प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र एलपी ग्यास ९९ सय रुपैयाँ १७ पैसाले बढेर आएको निगमले उल्लेख गरेको छ। हवाइ इन्धनमा पनि ३ रुपैयाँ ३२ पैसा बढेको निगमले जनाएको छ। निगमका अनुसार मूल्य नबढाउने हो भने आ