बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो