सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो । सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जूम मिटिङबाट सहभागिता जनाउन सकिनेछ भने भौतिक रूपमा उपस्थित हुन चाहनेहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ ।सम्मेलनको उद्घाटन सहरी विकासम