काठमाण्डाै – निर्वाचन आयोगले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सभा सचिवालयलाई पत्र पठाइ प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले गाडी नबुझाइ निजी नम्बर प्लेट कायम गरी चुनाव प्रचारमा हिँडेको हो/होइन भन्ने विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ ।
आयोगले मङ्सिर ४ गते हुने चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (क) मा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउ...