प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ ।  बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए ।  उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने  विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।  कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावित गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे ।  शून्य समयमा सांसदहरू धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा. तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे । रासस

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन्।

एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन् ।यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त

प्रतिनिधिसभा बैठकअघि विपक्षीसँग समझदारी हुन्छ -सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले ११ कात्तिकमा हुने प्रतिनिधिसभा बैठक सहज रुपमा संचालन हुने संकेत गरेका छन् । लामो समयदेखि विपक्षी दल एमालेबाट अवरुद्ध संघीय संसद सहमतिमा संचालन हुन लागेको उनले जनाउ...

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित

एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन् । सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गरेका छन् । उनले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गरेका छन् । यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध ह

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक…

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक