कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ ।
चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन आज राति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ जाँदै छ ।
आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने छ ।