वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापनका लागि समृद्धि फाइनान्स रणनीतिक योजनामा जुटेको छ । फाइनान्सले गत शनिबार एक कार्यशाला गोष्ठी चलाउँदै बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल गरेको हो । उक्त छलफलले संस्थागत सुशासन, वित्तीय परिचालन र लगानीका क्षेत्रको प्राथमिकरणलाई मुख्य मुद्दा बनाएको छ । कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । एयरपोर्