जमुनावर्षा शर्मा
कास्की – पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्षेत्र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिने गरी आन्तरिक तथा बाह्य बजारमा यसको पर्यटनलाई ब्रान्डिङ गर्ने उल्लेख गरिएको छ ।
स्थानीय अर्थतन्त्रमा कोभिड सिर्जित महामारीका कारण परेको प्रतिकूल असरका सम्बन्धमा ग...