कञ्चनपुर : बेदकोट नगरपालिका-७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु भएको छ।झारफुक गर्ने क्रममा स्थानीय रञ्जला साउदको मृत्यु भएको हो। उनको शुक्रबार नै मृत्यु भए पनि प्रहरीलाई स्थानीय बासिन्दाले शनिबार मात्रै खबर गरेका हुन्।महिलाको मृत्यु भएपछि प्रहरीले धामीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ। आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेकी हुन्।घरमै धामीझाँक्री बोलाएर उपचार गर्ने क्रममा साउदको मृत्यु भएको स्थानीय बासिन्दाको भनाई