झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफु