विश्वराज पोखरेलद्वारा राजीनामा

काठमाडौं, २ साउन । विश्वराज पोखरेलले नेपाल प्रहरीका एआइजी पदबाट राजीनामा दिएका छन् । आज उनी प्रहरी मुख्यालय पुगेर राजीनामा पत्र दिएका हुन् । प्रहरीको मानव स्रोत विभागमा पुगेर पोखरेलले राजीनामा दिएर सेवाकालमा अन्तिम पटक मुख्यालय आएको बताएका थिए । धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेपनि उनले मुद्दा हारेका थिए । […]

सम्बन्धित सामग्री

झन्डै तीन महिना अफिस नै नगएर प्रहरीबाट बिदा भए एआइजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। गत वैशाख १८ […]

नवराज सिलवालको पथमा विश्वराज पोखरेल

काठमाडौं, ३ असार । नेपाल प्रहरीमा वरिष्ठता मिचेर आइजीपी बनाएको भन्दै तत्कालीन डिआइजी नवराज सिलवाल कानूनी लडाईंमा अगाडि सरे । तर, सरकारविरुद्ध उनको प्रयास सफल भएन । प्रहरी मुख्यालय फर्किएनन् । राजीनामा दिएर राजनीतिमा लागे । नवराज सिलवालकै भोगाई विश्वराज पोखरेललाई भएको छ । उनी आफ्ना ब्याचीमध्ये वरियतामा एक नम्बरको एआइजी भएपनि आइजीपी बन्नबाट रोकिए […]