काभ्रेको पाँचखाल नगरपालिका–१० का गोपाल श्रेष्ठको परिवारलाई सुक्खायाम सुरु नहुँदै एउटा चिन्ताले सताउन थाल्छ, ‘खानेपानीको जोहो कसरी गर्ने ?’ पाँचखाल बृहत् सहरी खानेपानी आयोजना समयमै सम्पन्न हुन नसक्दा यो वर्ष पनि पानी समस्या झेल्नुपर्ने मनस्थिति उनले बनाइसकेका छन् । तर समस्याको हल पाएका छैनन् ।