भारतमा राष्ट्रपतिको निर्वाचन : सन्नी देओल गएनन्,  पीपीई किट लगाएर पुगिन् अर्थमन्त्री

सोमबार भारतको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा आठ सांसदले मतदान गर्न सकेनन् । राज्यसभा महासचिवका अनुसार भाजपा र शिवसेनाका दुई-दुई सांसद र कंग्रेस, समाजवादी पार्टी, एआईएमआईएम र बसपाका एक-एक सांसद मतदानमा अनुपस्थित थिए ।मतदान नगर्ने दुई भाजपा सांसदहरूमा गुरदासपुरका  सांसद सनी देओल र सञ्जय शामराव धोत्रे समावेश छन्। सन्नी देओल उपचारका लागि विदेशमा छन् भने सञ्जय धोत्रे अस्पतालमा भर्ना छन् ।बसपाका अतुल सिंह जेलमा रहेका कारण भोट हाल्न सकेनन् । शिवसेनाका गजानन कीर्तिकर, हेमन्त गोडसे र असदुद्दीन