एजेन्सी - साफ महिला यु-१७ च्याम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल फेडेरेसनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी महिनामा आयोजना हुदैछ । २० देखि ३१ अगस्टसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग खेल्नेछ । नेपालले २० अगस्टमा हुने उद्घाटन खेलमा भारतको सामना गर्नेछ ।