कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट शुरू भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो । कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित भएका छन् । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गरे । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गरे । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिन्छन् । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर न...

सम्बन्धित सामग्री

स्थागित काँग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित भएको नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको काँग्रेसले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु भएको काँग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक

कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा पनि धाँधली, मतदान अब मंगलवार

वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ। रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया…

कांग्रेस जिल्ला अधिवेशन :  सप्तरीमा मतदान रोकियो

कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो । साँझ ५ बजे विवाद भएपछि मतदान...

कांग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदै छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन् । सभापति पदमा उमेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का...

नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै

राजविराज- नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन्। सभापति पदमा उम्मेदवारी दिनुभएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहनुभएका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल […]

नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेका छन् ।सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका  केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्त

५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत  हालसम्म  ५३  जिल्लामा  जिल्ला  अधिवेशन  र  १५५  सङ्घीय  निर्वाचन  क्षेत्रमा  क्षेत्रीय  अधिवेशन सकिएको छ ।  अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा क्षेत्रीय अधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व चयन भएको हो । काँग्रेसको  केन्द्रीय  निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता जगन्नाथ श्रेष्ठले २४ जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा अधिवेशन हुने क्रम जा...

कांग्रेस अधिवेशनले कोभिडका कारण प्रभावित होटल क्षेत्रमा राहत

कोभिड–१९ का कारण लामो समय थला परेको लमजुङ सदरमुकाम बेसीशहरको आर्थिक क्षेत्र नेपाली कांग्रेसको जारी अधिवेशनका कारण केही चलायमान बनेको छ । पार्टीको अधिवेशनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको हो ।केही दिन अघिमात्रै सदरमुकाम बेसीशहरमा नेपाली कांग्रेसको प्रदेश सभाअन्तर्गत क्षेत्रिय अधिवेशन र जिल्ला अधिवेशन भएको हो । अधिवेशनका लागि जिल्लाभरका १३ सय भन्दा बढी […]

कांग्रेस महाधिवेशन : आज निर्वाचन क्षेत्रमा अधिवेशन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही  दुई जिल्लामध्ये रसुवा...

कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ त...