गुल्मीको दुई पालिकामा आज हरिबोधिनी एकादशीको बिदा

गुल्मी : गुल्मीका दुई स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए।बिहीबार स्थानीय सरकार मातहतका कार्यालय,शैक्षिक संस्थालगायत बन्द रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

सम्बन्धित सामग्री

गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन्। आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको […]

पर्साको दुई पालिकामा मतगणना शुरु

वीरगञ्ज- पर्साको दुई पालिकामा मतगणना शुरु भएको छ। जिल्लाको धोबिनी र ठाेरी गाउँपालिकामा आज बिहानदेखि मतगणना शुरु भएको हो। शुरुवातमा धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। उसलाई नेपाली कांग्रेसले पछ्याउँदै छ। यस्तै, ठाेरीमा नेकपा एमालेले सुरुवाती मतगणनामा अग्रता लिएकाे छ। उसको पछि कांग्रेस रहेको छ।

आज स्थानीय निर्वाचन : देशभरका ७५२ पालिकामा मतदान हुँदै

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्। मतदानबाट ७५३ स्थ

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्

बैतडी गठबन्धनमा जुटेन सहमति : ३ पालिकामा तालमेल, ७ मा एक्लाएक्लै

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका ३ पालिकामा मात्रै चुनावी तालमेल हुने भएको छ। गठबन्धनमा रहेका दलहरूबीच आज सदरमुकाममा भएको छलफलमा यहाँका १० पालिकामध्ये ३ मा तालमेल र बाँकी ७ पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो।यसअघि हिजोको छलफलबाट विसं २०७४ सालको  निर्वाचनमा एमालेले जितेका यहाँका ३ पालिकामा तालमेल गर्ने  सहमति भएको थियो। छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीका अनुसार ३ पालिकामा भएको तालमेललाई राम्रोसँग कार्यान

कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

पोखरा : स्थानीय तह निर्वाचनका लागि कास्कीको पालिकामा उम्मेदवारहरुको टुंगो लगाउन आज गठबन्धनको बैठक बस्दै छ। पोखरा महानगरपालिका सहित जिल्लाका अन्य पालिकामा उम्मेदवारको टुंगो लगाउन र निर्वाचन रणनीति बनाउन आज दिउँसो ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। स्थानीय चुनावको सरगर्मी बढेसँगै गठबन्धनको बैठक नियमित चलिरहेको छ। तर, बैठकले कुनै…

सल्यानका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट

पालिकामा अनियमितताकाे उजुरी बढ्दाे - अख्तियार दुरुपयाेग आयाेग

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताकाे उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताकाे उजुरी बढेको बताएको हो । आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि पालिकामा भएका कारण यसको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा ...

नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

मोरङ– पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो। उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत […]

कांग्रेस अधिवेशन : आज ६४ जिल्लाका पालिकामा हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ […]