कोरोनाको दोस्रो डोज आजदेखि सुरु

काठमाडौं। कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाको दोस्रो डोज आजदेखि सुरु हुँदै । पहिलो चरणमा लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो। पहिलो चरणका चार लाख २९ हजार ७०५ जनाले पहिले लगाएकै खोप केन्द्रबाट ११ गतेसम्म उनीहरुले खोप लिन पाउनेछन्।

सम्बन्धित सामग्री

पर्सामा आजदेखि कोरोनाविरुद्ध ‘बुस्टर’ डोज

वीरगञ्ज, ३ माघ: कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो । जिल्लामा आजदेखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालकलगायतकालाई दिनेछ । यसैबीच जिल्लामा यसअगावै […]

‘भेरोसेल’ को दोस्रो डोज लगाउन आजदेखि सुरु

काठमाडौं। सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’को दोस्रो मात्राको खोप लगाइरहेको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको स्थानमा लगाइने छ। करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो डोज दिइनेछ।

भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै, क-कसले पाउनेछन् खोप ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ ।

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा खाेप दिने कार्य आजदेखि सुरु

ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिदैँ छ।

आजदेखि चिनियाँ भ्याक्सिनको दोस्रो डोज

काठमाडौं। सरकारले आजदेखि चिनियाँ भ्याक्सिन भेरोसिलको दोस्रो चरण सुरु गरेको छ। सरकारले काठमाडौं उपत्यकामा आज बिहानदेखि खोपको दोस्रो डोज लगाउन सुरु गरेको हो। यो अभियान जेठ ११ गतेसम्म चल्ने छ। चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएकालाई पूर्ण खोप दिन अभियान चलाइएको हो। आजदेखि सुरु भएको खोप अभियान उपत्काका ३२ स्थानबाट लगाइँदै छ।

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम…