सर्वोच्च प्रशासनको चेतावनी बेवास्ता गर्दै बारको धर्ना

काठमाडौँ-  सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै कानुन व्यवसायीले धर्ना दिएका छन् । सर्वोच्च प्रशासनले पटक -पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि धर्नालाई निरन्तरता दिएको सर्वोच्च बारका सचिव ऋषिराम शर्माले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले […]

सम्बन्धित सामग्री

बारले बल्झायो नियमावली संशोधनको विवाद

संवैधानिक व्यवस्थाविपरीत न्याय परिषद् नियमावली संशोधन भएको भन्दै बदरको माग गर्दै नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना दिएको छ । बारको धर्नाका कारण आइतबार तय भएको परिषद् बैठक बस्न सकेन । नियमावली संशोधन रद्द नगरेसम्म आन्दोलन जारी राख्ने बारले जनाएको छ । २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणबद्ध आन्दोलन नै घोषणा गरेको हो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नियमावली संशोधनका विषयमा पटक पटकको ध्यानाकर्षणलाई बेवास्ता गरेकाले धर्ना दिएको बताउनुभयो । घिमिरेले चरणबद्ध रूपमा सेवाग्राहीलाई मर्का नपर्ने गरी सम्पूर्ण बार एकाइले आन्दोलनका कार्यव्रmम अघि बढाउने पनि जानकारी दिनुभयो ।

बारको आन्दोलन सत्ता गठबन्धनका दलहरूविरुद्ध सोझिन सक्ने चेतावनी

काठमाडौं, कात्तिक २३ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको भद्रतापूर्ण मागलाई बेवास्ता गरेमा सत्ता गठबन्धनका दलहरुविरुद्ध पनि आन्दोलन सोझिन सक्ने चेतावनी दिएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “हाम्रो आन्दोलनबारे सत्ता गठबन्धनका दलहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छौं । प्रधानन्यायाधीशलाई आफू अनुकूल प्रयोग […]

बारको आग्रह बेवास्ता गर्दै इजलास तोकिए पनि सर्वोच्च अदालतमा बेन्च बसेन

नेपाल बार एशोसिएसनले गरेको आग्रहलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलासमा विभिन्न मुद्दाका पेसी तोकिए । यद्यपि, दिउँसो खाजाको समयसम्म कुनै पनि इजलास बस्न सकेन । बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो इजलास नतोक्न आग्रह गरेको थियो । यद्यपि प्रधानन्यायाधीश जबराले आइतबार दुईवटा इजलासमा आफूलाई राखेका थिए ।आफूसहितको इजलास तोके पनि उनी सर्वोच्च अदालतमा भने आएका छैनन् । आफ्नो सुझावलाई बेवास्ता गर्दै इजलास तोकिए पनि बार एशोसिएसनले भने कुनै प्रतिक्रिया जनाएको