बारको आन्दोलन सत्ता गठबन्धनका दलहरूविरुद्ध सोझिन सक्ने चेतावनी

काठमाडौं, कात्तिक २३ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको भद्रतापूर्ण मागलाई बेवास्ता गरेमा सत्ता गठबन्धनका दलहरुविरुद्ध पनि आन्दोलन सोझिन सक्ने चेतावनी दिएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “हाम्रो आन्दोलनबारे सत्ता गठबन्धनका दलहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छौं । प्रधानन्यायाधीशलाई आफू अनुकूल प्रयोग […]

सम्बन्धित सामग्री

इजलासमा नजान न्यायाधीशहरुलाई शम्भु थापाको चेतावनी

काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधीशहरुलाई इजलासमा नजान चेतावनी दिएका छन्। नेपाल बार एसोसियसनको जारी आन्दोलनअन्तर्गत बुधबार भएको विरोधसभालाई सम्बोधन गर्दै उनले कानुन व्यवसायीविना अदालत चल्न नसक्ने भएकाले न्यायाधीशहरुलाई पनि इजलासमा नजान चेतावनी दिएका हुन्। आन्दोलनरत सर्वोच्चका केही न्यायाधीशहरु इजलास फर्कने निष्कर्षमा पुगेका छन्। जसले बारको आन्दोलन प्रभावित हुने सम्भावना देखिएपछि बारका पूर्वअध्यक्षसमेत […]

कानून व्यवसायीहरू १२ बजेसम्म सर्वोच्चको गेटमा धर्नामा बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना शुरू गरेको छ । प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । अदालत नखुल्दै शुक्रवार बिहान १० बजे नै बारको आह्वानमा कानून व्यवसायीहरू अदालतको गेटमा धर्नामा बसेका हुन् ।  बारका महासचिव लीलामणि पौडेलले धर्ना १२ बजेसम्म चल्ने जानकारी दिए । उनले बारको आन्दोलन प्रभावित गर्न प्रधानन्यायाधीश जबराले भिजलान्ते प्रयोग गरिएको सूचना पाएको भन्दै त्यसो नगर्न चेतावनी द...

आजपनि बारको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]

प्रधानन्यायाधीशलाई घोक्रेठ्याक लगाउन चाहेका होइनौंः बारका पूर्व अध्यक्ष

काठमाडौं, कात्तिक १६ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजसम्म राजीनामा नगरे बारको आन्दोलन ‘पिसफुल’बाट फोर्सफुलमा बदलिने बताएका छन् । उनले सम्मानजनक बहिर्गमनका लागि तयार नभए अपमानजनक बहिर्गमनका लागि तयार हुन पनि चेतावनी दिए । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअध्यक्ष खड्काले भने, […]