चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् ।
प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए ।
व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए ।
उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित ...