बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा मंगलबार बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।गोला प्रथाद्वारा गरिएको आईपीओमा भागलिने मध्ये अधिकतम २१ लाख ८७४ जाना आवेदकको हात खाली भएको छ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६