म्याग्दी : कोरोनाले दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको छ। अन्य क्षेत्रहरूमा झैँ पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल शुरु भएको छ।पछिल्लो समय अधिकांश आरोहीहरूको रोजाइमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ। कोरोनाको संक्रमणदर कम भएको र हिमाल आरोहणको सिजन पनि शुरु भएसँगै म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८,१६७ मि.) आरोहणका लागि १३ जना विदेशी आरोही सहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। इमेजिङ नेपाल