काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइसँगै अन्य क्षेत्र चलायमान भइसकेका छन्। तर, पर्यटन क्षेत्रले भने अझै गति लिन सकेको छैन।सरकारी तथ्यांकअनुसार कोरोना भाइरस महामारीका कारण लकडाउन गरेपछि पर्यटन क्षेत्रमा आवद्ध ८० प्रतिशत मजदुरले रोजगारी गुमाएका छन्। ६० प्रतिशत व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्।कोरोनाका कारण करिब लामो समय बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। उडान सञ्चालन भए पनि पर्यटन क्षेत्र तत्काल तङ्ग्रिन सक्ने अवस्था नरह