धितोपत्र बोर्डको सिफारिस : साना कम्पनीको सेयर कारोबारलाई छुट्टै प्लेटफर्म

न्यूनतम २ करोडदेखि र अधिकतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीलाई कारोबारको छुट्टै प्लेटफर्म बनाउन सकिने बोर्डको निष्कर्ष साना कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउन नेपाल स्टक एक्सचेन्जलाई धितोपत्र...

सम्बन्धित सामग्री

पूँजी बजार र वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजकमा आचार्य

२ असार, काठमाडौं । पूँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजक तोकिएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतकाअनुसार सेयर लगानीकर्ताको समस्या समाधानका लागि गठित समितिमा धितोपत्र बोर्डले संयोजक र सदस्य सचिवको नाम सिफारिस गरेको हो । बोर्डले निमित्त कार्यकारी निर्देशक विनयदेव आचार्यलाई समिति संयोजकका रुपमा सिफारिस गरेको थियो । यस्तै […]

नेप्से सीइओ कार्कीले गरे पदबहाली, लगानीकर्ताको हित प्रवर्द्धन गर्ने प्रतिवद्धता

फाइल फोटोनेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कृष्णबहादुर कार्कीले पदबहाली गरेका छन् । उनले बुधबार नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पदबहाली गरेका हुन्।पदबहालीको क्रममा नेप्सेमा कार्यरत कर्मचारीहरुसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवर्द्धन गर्ने सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सीइओ नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि डा. केशव श्रेष्ठ, डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो । ति मध्येबाट सरकारले कार्कीलाई सीइओ नियुक्त गरेको हो । कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख थिए। नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले आयोजनाबाट राजीनामा दिएका छन्। नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा नीतिगत समस्या

केही महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्ड नेतृत्वविहीन बन्दा महिनौंदेखि बोर्डले गर्दै आएका काम–कारबाही ठप्प भएका छन् । हुन त अध्यक्षका लागि शुक्रबार पाँच जनाको नाम सिफारिस गरिसकिएको छ, तर अहिलेसम्मको अवस्था हेर्ने हो भने बोर्डको अध्यक्ष नहुँदा यसले बहुआयामिक रूपमा असर पारेको छ । एक त महिनौंदेखि प्राथमिक सेयर निष्कासन हुन पाइरहेको […]

एनसीसी बैंकसहित ३ कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस ११ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेका विजय लघुवित्त, एनसीसी बैंक , र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस ११ गतेसम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । विजय लघुवित्तले पुस २४ गते शनिवार गैडाकोट स्थित गैडाकोट रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५४ प्रतिशत नगद लाभांश गरि कुल २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। हाल लघुवित्तको चुक्तापुंजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ३२ करोड पुग्नेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव  :(क) सामान्य प्रस्ताव तर्फः१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने।२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २१.०९ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत लाभांशमध्ये १.०६ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।४) बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (साविकका आर एण्ड एसोसियट्सका सिए रविन्द्र श्रेष्ठले लगातार तिन आ.व. को लेखापरीक्षण कार्य सम्पन्न गर्नु भएकाले पुनः नियुक्त गर्न नसकिने)५) संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) को निर्वाचन गर्ने । (ख) विशेष प्रस्ताव तर्फ:१) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी रू. २६,६५,९७,४८५ को २०.०३ (दशमलव पछि दुई अंकमा शुन्यान्तर गरिएको) प्रतिशतका दरले हुन आउने रू. ५,३४,०२,५१५/- (अक्षरेपि पाँच करोड चौतिस लाख दुई हजार पाँच सय पन्ध्र मात्र) बोनस शेयर वितरण गर्ने।२) वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रू. ३२,००,००,०००।- (अक्षरेपि बत्तिस करोड मात्र) पुयाउने गरी बृद्धि गर्ने र तदनुरुप हुने गरी प्रबन्धपत्रको सम्बद्ध दफामा संसोधन गर्ने ।३) नियमावलीको नियम ३२ (१) को (क), (ख), र (ग) को अ, आ, इ, ई संसोधन गर्ने साथै (घ) थप गर्ने ।४. यस वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्था प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने समझादारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, नीजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) सँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।५) प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन/थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने। नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी बैंक)ले  पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापुंजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो।   बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै मर्जर, प्राप्ति, तथा विदेशी साझेदारीमा जाने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।महुली लघुवित्तले पुस २४ गते सप्तरी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : क) साधारण प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ अषाढ मसान्तसम्मको वासलात, २०७७ श्रावण १ गते देखी २०७८ अषाढ मसान्त सम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने ।३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।४. वित्तीय संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने ।ख)विशेष प्रस्ताव १. २०७८ अषाढ मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी रु. २२,३९,४४,०००/- को २६ प्रतिशतले हुन आउँने रकम बराबरको रु. ५,८२,२५,४४०।- (अक्षरेपी पाँच करोड बेरासी लाख पच्चीस हजार चार सय चालिस रुपैया मात्र) बोनस शेयर हाल कायम रहेको शेयरधनीलाई वितरण गर्न स्वीकृती प्रदान गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने ।२. प्रिमियममा एफ.पि.ओ. शेयर निष्काशन गर्ने सम्बन्धमा।३. उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार को कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।४.संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने /गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, सम्झदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने।

सेबोनले नेप्सेबाट ब्रोकर छनोटको अधिकार खोस्यो

अब पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) आफैंले सेयर ब्रोकर छान्न पाउने भएको छ । यसअघि सबै प्रक्रिया नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूरा गरी लाइसेन्सका लागि सेबोनलाई सिफारिस गर्ने व्यवस्था थियो ।

पुँजी बजारका सम्बन्धमा संसदीय अध्ययन

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारी र कर्मचारीले आगामी दिनमा सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरिएको छ । उनीहरूले हालसम्म आफूसँग रहेको आईपीओका घोषणा गरी बिक्री भने गर्न पाउने छन् । प्रतिनिधि सभाको अर्थ समितिले प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको हो ।

https://www.onlinekhabar.com/2020/07/879703

२३ असार, काठमाडौं । पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । नेकपाकी सांसद रामकुमारी …