काठमाडौँ – आज भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सुर्खेत, बाजुरा, गुल्मी र नवलपरासी पूर्वका गरी १५ वटा स्थानमा निर्वाचन स्थगन भएको छ। स्थगित भएका स्थानमा दुई दिनभित्र मतदान हुने आयोगले आइतबार बेलुका पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।