काठमाडौं : निर्वाचन आयोगले शुक्रबार स्थगित भएका ६ जिल्लाका १० मतदान स्थलको पुनः निर्वाचनको मिति तोकेको छ। आयोगले धनकुटा, सप्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, कालिकोट र बझाङको १० मतदान स्थलका १९ मतदान केन्द्र पुनः मतदानको मिति तोकेको हो।आयोगका अनुसार जेठ १ गते भोलि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान हुनेछ। बझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि भोलि मतदान हुने