काठमाडौँ । आज (शुक्रबार) भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदान स्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।