आज बाढीको सम्भावना कहाँ-कहाँ ?

काठमाण्डाै - विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदी बग्ने २५ जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान निकालेको बुलेटिनमा महाकाली र सहायक नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान छ । त्यस्तै कन्काई, कमला, वाग्मतीमा आकस्मिक बहाव हुनसक्ने र पश्चिम राप्ती, तिनाउ, बबई र सहायक नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची...

सम्बन्धित सामग्री

न्युयोर्क सिटीमा आज ३ इन्चसम्म बर्षाको सम्भावना, बाढीको चेतावनी

न्युयोर्क सिटीमा बुधबार दिउसोदेखि ३ इन्चसम्म बर्षाको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । बाढीको निगरानी बुधबार दिउँसो १ बजेदेखि लागू हुनेछ भने बिहीबार बिहान ६ बजेसम्म कायम रहनेछ । सिटीका अधिकारीहरूले दिउँसो भारी वर्षाको अपेक्षा गरेका छन् । बुधबार दिउँसो सुरु हुने गरी ३ इन्चसम्म भारी वर्षा हुने अनुमान गरिएपछि राष्ट्रिय मौसम सेवाका मौसमविद्हरूले […]

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउ...

आज वाग्मतीका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आज वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । मौसमविद्का अनुसार आज  वाग्मती, गण्डकी र प्रद...

तीन दिन बाढीको सम्भावना न्यून

काठमाडौँ । अबका तीन दिनसम्म प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । यस अवधिमा बाढीको सम्भावना पनि न्यून रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरका ठूला नदीहरूमा बहाव सामान्य घटबढ हुनेछ । देशभरका अधिकांश साना नदीहरूमा पनि बहाव सामान्य घटबढ हुनेछ । ती […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १,  मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू

यी नदीहरुमा आज बाढीको सम्भावना

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ। आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम

काठमाण्डाै - लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपर...

कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढी

आज कहाँ-कहाँ बाढीको सम्भावना ?

काठमाण्डाै - लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् ।  विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।  यस्तै, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने चेतावनी दिइएको छ । पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीमा पनि पानीको बहाव...

आज बाढीको सम्भावना कहाँ कहाँ ?

काठमाण्डाै – राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान छ । नारायणी, कर्णाली, महाकाली जलाधारका केही सहायक नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि पानीको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ । वाग्मती प्रदेशको काठमाण्डौसहित रसुवा, सिन्धुपाल्चोक, चितव...