काठमाण्डाै – आज वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
वाग्मती प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।
मौसमविद्का अनुसार आज वाग्मती, गण्डकी र प्रद...