काठमाण्डाै - लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् ।
विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिएका छन् । यस्तै, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने चेतावनी दिइएको छ ।
पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीमा पनि पानीको बहाव...