खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भिœयाइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।
लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो ।
युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो।
‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...
बागलुङ : बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर १ सम्मर गाउँका कृषक यस वर्ष निकै मर्कामा परेका छन्। कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययनबिनै वितरण गर्दा राम्रो उत्पादन नभएपछि मर्कामा परेका हुन्।गाउँलाई गत वर्ष मकै पकेट क्षेत्र घोषणा गरिएको थियो। गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनु पर्ने हो तर सम्मर गाउँ १६ सय मिटरको उचाइमा छ। गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादन
म्याग्दी : अघिल्ला वषको तुलनामा यो वर्ष मकै सप्रिएका कारण कालिगण्डकी र म्याग्दी नदीतटीय क्षेत्रका किसान दंग छन्। समयमै मल र बीउ प्राप्त गर्न नसके पनि उत्पादन बढ्ने भएका कारण उनीहरू उत्साहित भएका हुन्।जिल्लाको लेकदेखि बेंसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैखेती हुन्छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ। यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लामा जान्छ।‘म्याग्दी मकै खेतीम
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ कुमालटारका विजय गुरुङले तीन रोपनी बढी जग्गामा मकै खेती गर्नुभएको छ । मजुवा फाँटमा मकै लगाउनुभएका उहाँले एकोहोरो मकै गोडिसक्नुभएको छ । पन्ध्र दिनअघि नै खेतमा दोहोरो मकै गोडिसक्नुपर्ने हो । तर रासायनिक मल (युरिया मल) को अभावमा उहाँले अहिलेसम्म दोहोरो मकै गोड्न पाउनुभएको छैन ।
मलको अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा उहाँ चिन्तित हुनुहुन्छ । ‘विगतमा स्थानीय कृषि सहकारी, विभिन्न सङ्घ–संस्थाले मल बेच्थे, समयमै मल पाइन्...
काठमाडौं । नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उतपादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि […]
चितवन । जिल्लामा सञ्चालित मकै उत्पादन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएको छ । मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिका, माडी नगरपालिका, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो । भरतपुर महानगरपालिका र माडीको कार्यक्रम कृषि ज्ञान केन्द्र चितवनले हेर्दै आएको छ भने अन्य पालिकाको कार्यक्रम स्थानीय तहले […]
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो । नगरप्रमुख छत्रराज पौडेलले मकै […]