काठमाण्डाै – सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटीओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने नि...