कर्णाली प्रदेशसभा अधिवेशन वैशाख ३ गते बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन वैशाख ३ गते दिउँसो २ बजे बोलाउन सिफारिस गरेको छ । आइतवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विमला केसीले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय भएको सोमवार जानकारी दिइन् । प्रदेशसभा अधिवेशन मन्त्रिपरिषद्ले सिफारिसमा प्रदेश प्रमुखले बोलाउने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकले कालिकोटको नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णय समेत गरेको उनले बताइन् ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्यः ५४ घण्टामा ३९ बैठक, दुई वटा विधेयक पारित

सुर्खेत - कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो। कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारि...

कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै एमालेको विरोध

कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सहयोग हुँदाहुँदै पनि अध्यादेशबाट बजेट ल्याउन खोज्ने कार्यको घोर भत्र्सना गरेका छन् । प्रदेश सभामा नेकपा एमाले एकै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्थाको विरोध गर्दै आएको नेता कँडेलले विज्ञप्तिमार्फत जनाए । बिहीवार बिहान सर्वदलीय बैठक बस्ने निर्णय हुँदाहुँदा प्रदेश सरकारले त्यसअघि नै अधिवेशन अन्त्य सिफारिस गरेक...