काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गर्नुभएको छ । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । आज शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाउनु भयो ...