शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन गर्दै व्रतालु (फोटो फिचर)

१५ फागुन,काठमाडौं । यो वर्षको श्री स्वस्थानी व्रतकथाको आज अन्तिम दिन । एक महिले व्रतकथाको आज विधिवतरुपमा समापन गरिँदैछ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । आज पनि शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर […]

सम्बन्धित सामग्री

आजदेखि घरघरमा स्वस्थानी वाचन

ललितपुर । आजबाट श्री स्वस्थानी व्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने यो व्रत एक महिनासम्म जारी रहन्छ । यो अवधिमा घरघरमा श्रीस्वस्थानी कथा वाचन गर्ने र सुन्ने गरिन्छ । ललितपुर गोदावरी नगरपालिका बडिखेलका ७६ वर्षीय सुदर्शन न्यौपानेले शुक्रबार एक वर्षअघि थन्काएर राखेको स्वस्थानीको किताबलाई पूजाआजा गर्दै भोलिपल्ट बाट स्वस्थानी वाचन […] The post आजदेखि घरघरमा स्वस्थानी वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनिन छाडे गाउँघरमा दोहोरीको भाका

कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्थे ।वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल । आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास

उत्साहजनक शालीनदी मेला

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिनबाट श्री स्वस्थानी व्रतकथा प्रारम्भ हुने गर्छ । पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रतकथाका ३१ अध्याय अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । यस वर्ष भने माघ ३ गते पौष शुक्ल पूर्णिमा परेकाले यस दिनबाट श्री स्वस्थानी व्रतकथाको प्रारम्भ भई फागुन ४ गते पूर्णिमाको दिनमा समाप्ति गरिनेछ […]

एक महिना चल्ने स्वस्थानी व्रत सुरु (फोटोफिचर)

सोमबारबाट श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलामा भक्तपुरको हनुमानघाट र साँखुको शाली नदी आज बाट चहलपहल सुरु हुने...

आज माघे संक्रान्ति पर्व मनाईदै

माघ १, काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।  यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।  यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।  सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । रासस

श्री स्वस्थानी व्रतकथा समापन गरिँदै

१५ फागुन, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी …

एक महिने स्वस्थानी व्रतकथा सुरू

आजदेखि श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सुरू भएको छ। सोही क्रममा शालीनदीमा स्नान गर्दै भक्तजन। तस्बिर : नारायण महर्जन

भजन गाएर गरियाे श्री स्वस्थानी व्रतकथाको समापन

टोलटोलमा भजन गाएर भक्तपुरेले एक महिना लामो श्री स्वस्थानी व्रतकथा आइतबार समापन गरेका छन्। प्रत्येक वर्ष पौस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री माधव नारायणको व्रत प्रत्येक वर्ष यहाँं यसरी नै समापन हुने चलन छ।

भक्तपुरमा मेलाको तयारी पूरा

शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ।

जनजनमा जोडिएको स्वस्थानी

नेपालीका प्रायःजसो घरमा अत्यधिक वाचन गरिने कथा हो– श्री स्वस्थानी व्रतकथा । के गाउँ के सहर सबै ठाउँमा उत्तिकै धार्मिक भावमा उत्साहित भएर यो कथा पढिन्छ । चार सय वर्षभन्दा पनि अघिदेखि सुरु भएको यो धार्मिक अनुष्ठानको परम्परा यद्यपि कायमै छ । स्वस्थानी शैव र वैष्णव कथालाई मिश्रण गरेर रचिएको कथा हो । यसमा शिव र विष्णुको अन्तरसम्बन्धलाई मूर्तरूप दिइएको छ । हरिहरको एकाकार रूपलाई दर्शाइएको छ । तथापि मूल रूपमा यो शिव र पार्वतीको प्रेम कथा हो; जसमा विभिन्न उपकथा समय र स्थानका हिसाबले मेल खाने गरी जोडिएको पाइन्छ ।