इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा स्वयंसेवक शिक्षक राख्ने !

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा विद्यालयमा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ । शिक्षकहरू बिदामा रहँदा विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षकलाई स्वयंसेवक राख्ने निर्णय गरेको हो ।विद्यालयमा कुनै शिक्षिका सुत्केरी भएको अवस्था एवं कुनै शिक्षक कुनै कारणबस लामो समयसम्म बिदामा बस्नुपरेको  समयमा विद्यालयको पठनपाठनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले यस्ताे व्यवस्था गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयाे ...

सम्बन्धित सामग्री

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

चितवन, १२ भदौ । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी […]

स्वयंसेवक शिक्षक भर्नामा जनप्रतिनिधिकै अवरोध, पठनपाठन प्रभावित

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्नाको विषयमा विवाद भएको छ। गाउँपालिकाले कार्यपालिका बैठकमार्फत् स्वयंसेवक शिक्षक ब्यवस्थापन कार्यविधि पारित गरेर भर्ना प्रकृया सुरु गरेपनि केही जनप्रतिनिधिहरुले नै अवरोध गरेका...

स्वयंसेवक करार शिक्षक छनोटमा कर्मचारीकै श्रीमतीदेखि भिनाजुसम्म !

बाराको परवानीपुर गाउँपालिका कार्यालयका कर्मचारीहरुले आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको छ।   कार्यालयका विभिन्न शाखाका प्रमुखले श्रीमतीदेखि भिनाजुसम्मका आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न...

विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने बाटो खुल्यो, ३ महिनाको भत्ता पाउने

२१ चैत, काठमाडौं । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रुपमा विद्यालयमा पठाउन बाटो खुलेको छ । विश्वविद्यालय अनुदान आयोगले सोमबार स्वयंसेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र कार्यविधि पास गरेपछि यसका लागि बाटो खुलेको हो । सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावले सिकाइमा गम्भीर असर परेपछि सरकारले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको […]

गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

कर्णाली, ६ चैत । अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो । स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई लिएर अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत देवकी रावतबीच […]

स्वयंसेवक शिक्षक भर्नामा विवादित बन्यो गुठीचौर गाउँपालिका

गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।...

स्वयंसेवक शिक्षक भर्नामा विवादित बन्यो गुठीचौर गाउँपालिका

गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।...

स्वयंसेवक शिक्षक भर्नामा गापा अध्यक्ष र अधिकृतबीच विवाद

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिकाले निजी स्रोतबाट भन्दै केही विद्यालयमा शिक्षक भर्ना गर्न लगाएपछि विवाद उत्पन्न भएको छ।पालिकाको आन्तरिक स्रोतले नभ्याउने र माथिबाट आएको बजेटबाट स्वयंसेवक शिक्षक भर्ना गर्न नमिल्ने भन्दै गुठीचौर गापाकी प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले नमानेपछि विवाद शुरु भएको छ।शिक्षक अभाव हल गर्न विद्यालयको शैक्षिक सुदृढीकरण (स्वयंसेवक शिक्षक) शीर्षकमा ४५ लाख र कम्प्युटर शिक्षक व्यवस्थापनमा ८ लाख ६० हजार विनियोजन गरेको गुठीचौर गापाका अध्यक्ष दानबहादुर बुढाले बताए।उनले

नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्‍ने

नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।