स्वयंसेवक शिक्षक भर्नामा विवादित बन्यो गुठीचौर गाउँपालिका

गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।...

सम्बन्धित सामग्री

कर्मचारीले असहयोग गरेको आरोप

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्यालयमा स्वयंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतले असहयोग गरेको आरोप लगाउनुभएको छ। अध्यक्ष बुढाले पत्रकार सम्मेलन गरी १२ औँ गाउँ सभाले पारित गरेको शिक्षण सिकाइ अनुदानमा कोटामा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने कार्यमा अवरोध गरिएको बताउनुभयो। अध्यक्ष बुढाका अनुसार सो प्रयोजनका लागि कार्यविधि–२०७९ समेत पारित गरी सो कार्यविधिअनुसार पदपूर्तिसम्बन्धी व्यवस्थालाई आन्तरिक मामिलाका रायसहित १३औँ हिउँदे सभामा समेत अनुमोदन गरिएको छ। यद्यपि सो कार्यक्रम कार्यान्वयन गर्न प्रशासकीय अधिकृतले आनाकानी गरेको आरोप अध्यक्ष बुढाको छ।