विराटनगर : विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो। गुरुप्रसाद मैनालीको कथालाई विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन्। पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढंगले उद्घाटन गरेको थियो।नाटकमा प्रविण मोते, अभिषा आचार्य, सर्वश्री भट्टराई, समर्पण खनाल, युनि