काठमाडौं : न्युजिल्याण्ड पठाउने प्रलोभन देखाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने शोभा पौडेललाई मंगलबार साँझ पक्राउ गरिएको हो।पौडेलले सिन्धुली घर भएका नारायण बोगटी सहित नौ जनालाई ठगी गरेकी थिइन्। उनले न्युजिल्याण्ड जानका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्ने भन्दै पैसा असुली गरेकी थिइन्।मासिक पारिश्रमिक १ लाख ७० हजार हुने प्रलोभन देखाइ नौ जनाबाट त्रिसट्ठी लाख बीस हजार ठगी गरी पाैडेल फरार भएकी थिइन्। वैदेशिक रोजगार विभागमा