काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आज मङ्गलवारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले यस्ताे निर्णय गरेकाे जनाएको छ ।
काठमाण्डाै उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री/वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिबानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।
होटल, रेस्टुरेन्टकाे खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जा...