काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले हैजा नियन्त्रणको प्रयासमा चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।
जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफाेन सेवा सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ ।
यस्तै, हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउने भएको छ । त्यसका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने मेयर बा...