राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा