कोरोना सङ्क्रमण बढ्न थालेपछि सुर्खेतमा मास्क प्रयोगमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मङ्गलबारदेखि ‘तपाईको मास्क खोई’ अभियान शुरु भएको छ ।
अभियानमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायीले सहभागिता जनाएका छन् ।
सबैलाई अनिवार्य रुपमा मास्क लगाउन पे्ररित गर्ने उद्देश्यले प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्रित गरी अभियान थालिएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाल...