जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाईको मास्क खोई ? भन्ने कार्यक्रम चलाएको छ । जिल्ला सदरमुकामबाट सुरु गरिएको यो कार्यक्रम जिल्लाका विभिन्न स्थानमा गरिने भएको हो ।दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रूपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडकमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमुख होविन्द्र बोेगटीले बताए । […]