खुला महिला केन्द्रीय सदस्य : १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
काठमाडौँ– नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ । आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको । १०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेकी छन् ।
उनले खुला महिला तर्फबाट उमेदवारी दिने तयारी गरेकी हुन् ।
मंसिर १४, काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि चितवनमा भएको निर्वाचनको मतगणनाबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले प्रत्यासी भिम रावलविरुद्ध शुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । उनी दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित ओलीको कार्यकाल पुन : चार वर्षको हुने छ ।
यो समाचार तयार पार्दाको समयसम्म ओलीले १ हजार ८४० मत पाएका छन् भने अर्का प्रत्यासी रावलले २२० मत पाएका छन् । ३६ जनाले भने दुवैजनालाई भोट हाल्न चाहेनन्। तर निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन।
१० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलवार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ ।
१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने बताइएको छ । उक्त महाधिवेशनमा ७२ ओटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।