सरकारको कमजोर नियमनका कारण मानव तस्करीको जालोमा परेर नेपाली महिला घरेलु श्रमिक (हाउसमेड) का लागि खाडी मुलुक जाने क्रम निरन्तर बढिरहेको छ । घरेलु श्रमिक खाडी मुलुक पठाउन सरकारले प्रतिबन्ध लगाएको ८ वर्ष भइसकेको छ तर प्रतिबन्धित मुलुकमा घरेलु श्रमिकमा कार्यरत नेपाली महिलाको संख्या कम्तीमा ६० हजार पुगेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु श्रमिक थप सुरक्षित एवं मर्यादित किसिमले पठाउने गरी छलफल भइरहेको जनाएको छ । महिलामाथि राज्यको विभेदकारी नीतिमा अझै परिवर्तन हुन नसकेको भन्दै महिला अधिकारीकर्मी र सरोकारवालाबाट व्यापक गुनासोपछि श्रममन्त्री शरतसिंह भण्डारीले मङ्गलबार सङ्घीय संसद्मा घरेलु श्रमिकसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुई पक्षीय छलफल भइरहेको जानकारी दिनुभएको हो ।
काठमाडौं : विश्वभर घरमै बसेर श्रम गर्नेहरुलाई संगठित गर्दै उनीहरुको हितमा काम गर्न स्थापित होमनेट इन्टरनेशनलको दोस्रो सम्मेलन काठमाडौंमा सुरु भएको छ।
सम्मेलनमा भाग लिन २९ देशका १२७ जना गृह श्रमिक काठमाडौं आइपुगेका छन्। कोभिड १९ महामारीको समयमा भर्चुअल माध्यमबाट सम्पन्न पहिलो सम्मेलनपछि भौतिक उपस्थितिमा दोस्रो सम्मेलन नेपालमा आयोजना गरिएको हो। यसअघि भर्चुअल…
काठमाडौंमा आयोजित कतार–नेपाल संयुक्त कार्यदलको बैठकमा कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपालले अध्ययन गर्न अर्को कार्यदल बनाउने सहमति गरेको छ।...
२० मंसिर, काठमाडौं । कतारले गत शुक्रबार उच्चस्तरीय श्रम अधिकारीहरुको संयुक्त बैठकमा आफ्नोतर्फबाट छलफलको मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने ।’ कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपाल सरकारले अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति जनायो । अहिले कतार मात्रै होइन, यूएई, साउदी अरेबिया लगायत अधिकांश खाडी मुलुक र मलेसिया […]
कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन बनाएको भन्दै नेपाललाई छिटो पठाउन अनुरोध गरेको छ । तीन वर्षपछि शुक्रबार काठमाडौंमा भएको नेपाल र कतारको उच्चस्तरीय श्रम अधिकारीहरूको संयुक्त बैठकमा कतारले घरेलु श्रमिक पठाउनुपर्ने एकमात्रै एजेन्डा राखेको हो । बैठकले घरेलु श्रमिक पठाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति गरेको छ ।
कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन बनाएको भन्दै नेपाललाई छिटो पठाउन अनुरोध गरेको छ । तीन वर्षपछि शुक्रबार काठमाडौंमा भएको नेपाल र कतारको उच्चस्तरीय श्रम अधिकारीहरूको संयुक्त बैठकमा कतारले घरेलु श्रमिक पठाउनुपर्ने एकमात्रै एजेन्डा राखेको हो । बैठकले घरेलु श्रमिक पठाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति गरेको छ ।
२१ माघ, काठमाडौं । गत असारयता कुवेतमा अवैध रूपमा काम गरिरहेका करिब ३ हजार नेपाली घरेलु महिला श्रमिक स्वदेश फर्किए । आममाफीको सदुपयोग गर्दै स्वदेश फर्किएका उनीहरूमध्ये अधिकांश अवैध रूपमा भारतको बाटो कुवेत पुगेका थिए । कोराना महामारी साम्य हुँदै गएपछि फेरि नेपाली महिलालाई घरेलु श्रमिक बनाउन अवैध बाटोबाट विदेश पुर्याउने गिरोह सक्रिय भएको पाइएको […]