२५, भदौ, चितवन । देशको मध्यभागमा रहेको चितवन आउन यतिबेला निकै कष्टप्रद र असहज छ । यसको मारमा होटल तथा पर्यटन व्यवसायीहरु परिरहेका छन् । बुटवल, पोखरा र काठमाडौंबाट चितवन आउने सडक मार्गमा निर्माणको काम भइरहेको छ । ठेक्का लागेको लामो समय हुँदासमेत बुटवल नारायणगढ सडक विस्तारको काम आधा पनि सकिएको छैन । पोखरादेखि मुग्लिनसम्मको […]