चन्द्रेश्वरप्रसाद मेहता सुनसरीको देवानगञ्ज गाउँपालिका–४ का वडाध्यक्ष हुन् । वडाध्यक्ष मेहताको जीवनशैली अरु जनप्रतिनिधिभन्दा फरक छ ।
उनी जनताको कामसँगै आफ्नै देशको माटोमा नङ्ग्रा समेत खियाउने गर्छन् । जनताको घरदैलोसँगै कृषि गर्ने खेतबारीमा उनी सक्रिय हुन्छन् ।
यतिबेला उनी वडामा जनताको कामसँगै बारीमा लगाएको आलु भित्र्याउन व्यस्त छन् । २२ विगाहा जमिनमा लगाएको आलु खन्ने काममा व्यस्त भएको उनले बताए । २२ बिगाहामध्ये ११ बिगाहामा लगाएको आलु खनेर बिक्री समेत गरिसकेको उनले बताए । ‘११ बिगाहाको आलु बिक्री गर्दा ५ लाख र...