बिषादी प्रयोगशाला निरीक्षण

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।...

सम्बन्धित सामग्री

सेवा प्रवाहमा तदारुकता ल्याउन निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो ।

सचिव गुरागाईंद्वारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण

सचिव गुरागाई्रले अस्पतालको बहिरंग विभाग, विशेषज्ञ क्लिनीक, अन्तरंग विभाग, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगायतका सेवा तथा उपचार कक्षहरुको  निरीक्षण गरेको अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले जानकारी थिए।

प्रहरी महानिरीक्षक सिंहद्वारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौं, २७ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका थिए । निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई […]

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा निर्माण हुँदै खानेपानी आयोजना

सुर्खेत । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश सरकारका निमित्त सचिव गोपाल शर्मा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गरे । एमओयू भएसँगै अब आयोजना निर्माणको ढोका खुलेको छ । वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीले संघीयता कार्यान्वयनयता त्रिपक्षीय सहभागितामा निर्माण हुन लागेको यो नै पहिलो आयोजना भएको बताए । उनका अनुसार आयोजनाका लागि ८० प्रतिशत संघ, २० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ । ‘भेरी लिफ्टिङ आयोजनाको डिपिआर बनिसकेको छ, एमओयूमा त्रिपक्षीय साझेदारीमा लगानी सुनिश्चित भयो,’ नगरप्रमुख सुवेदीले भने, ‘नगरपालिकामा आयोजना व्यवस्थापन इकाइ स्थापना, संरचना निर्माणका लागि बोलपत्र आह्वानलगायतले तीव्रता पाउनेछन् ।’ विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । भेरीको पानी लिफ्टिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरणलगायतमा उक्त बजेट खर्चिनेछ । वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । हाल आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी अध्ययन भइरहेका छन् । भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी ल्याइनेछ । अमृतडाँडामा रिजर्भसन ट्यांकीबाट मुख्य लाइनमार्फत उपत्यकामा पानी वितरण गर्ने योजना छ ।   सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजनाअनुसार पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्बेसन ट्यांकी, मुख्य पानी प्रसारण लाइन विस्तार र दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कार्य अघि बढाइनेछ । आयोजना ६ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी मुख्य समस्याको रूपमा रहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । अझैं करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानी धारा अपुग रहेको संस्थाले जनाएको छ । समझदारीपत्रमा प्रदेश सरकारले प्रादेशिक स्तरमा अन्तरसरकारी आयोजना निर्देशक समिति गठन गरी संघ, प्रदेश र स्थानीय तह तथा उपभोक्ता संस्थाबीच समन्वय सहजीकरण र जलवायु अनुकूल खानेपानी तथा सरसफाइ योजना तर्जुमा गर्नुपर्ने उल्लेख छ । प्रदेश सरकारले पानी गुणस्तर अनुगमन प्रयोगशाला स्थापना गर्नुपर्नेछ । समझदारीअनुसार संघीय सरकारको खानेपानी मन्त्रालयले बजेट व्यवस्थापन, आयोजना अनुगमन निरीक्षण र आवश्यक निर्देशन दिनेछ भने नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन र कार्यान्वयन निर्देशिका बनाउने, एकीकृत जलस्रोत व्यवस्थापन बोर्ड स्थापना गर्ने, खानेपानी स्रोतको व्यवस्थापन गर्ने, आयोजना व्यवस्थापक तथा परामर्शदातालाई सहयोग गर्नुपर्नेछ । रासस

अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले सोमवार धौलागिरि अस्पताल बागलुङको अवलोकन तथा निरीक्षण गरेकी छन् । सो अवसरमा उनले आइसोलेसन कक्ष, अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसूति कक्ष, पीसीआर  प्रयोगशाला र डायलासिस कक्षको वस्तुस्थित तथा अस्पतालको सूचना केन्द्रबाट फोन गरेर कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइन् । सोही अवसरमा अस्पतालद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा अ...

https://www.onlinekhabar.com/2020/04/853272

२८ चैत, विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ । कोसी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् । त्यस क्रममा …

https://www.onlinekhabar.com/2020/04/850330

२० चैत, चितवन । कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) चितवनमा स्थापनाका लागि स्थलगत निरीक्षण गर्न प्राविधिक टोली चितवन आएको छ । टोलीले बिहीबार ल्याब स्थापनाका लागि स्थानको छनोट गर्नेछ । प्राविधिक टोलीमा नेपाल …

संसद् : नीति प्रयोगशाला

सरकार गठन र विघटन, कानुन तथा नीति तर्जुमा, सरकारलाई दिशानिर्देश तथा सरकारका कामको निरीक्षण र अनुगमन (ओभरसाइट) मा मूलतः संसद्केन्द्रित हुन्छ । मुलुकको आर्थिक विकास, सुशासन तथा जनतालाई सरल, सहज र प्रभावकारी सेवा प्रवाहका लागि सार्वजनिक नीति निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने गर्छ ।